पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन
महिलातर्फ बागमतीकी विपनालाई स्वर्ण
पाेखरा | कात्तिक ३, २०७९
पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेशले च्याम्पियन बनेको छ ।
आज (बिहिबार) भएको फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिम्हलाई ११–८, ११–६ र ११– ८ सहित ३–० को सोझो सेटमा पराजित गरे भने टिम इभेन्टमै गण्डकीकै दिपक थापाले बागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११– ३ सहित ३–० सो सेटमा हराउदै आफ्नो प्रदेशलाई स्वर्ण पदक दिलाए ।
त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेश सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे ।
त्यसैगरि महिलातर्फ बागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै ब्लोनले स्वर्ण पदक जितिन् भने बागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगर सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरिन् ।
पदक विजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।
यसअघि पुरुषतर्फ व्यक्तिगत विधामा गण्डकीकै अमृत थापामगरले स्वर्ण बागमतीका अरहान्त सिम्ह रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दिपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक हात पारेका थिए ।
सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...
काठमाडौं: राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...
काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

